Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यस पटक संविधानको मर्म र भावना बुझ्नेलाई जनताले मतदान गर्छन : सिटौला

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले यस पटकको निर्वाचनमा संविधानको मर्म र भावना बुझ्नेलाई जनताले मतदान गर्ने बताएका छन् ।

भद्रपुरमा आयोजित पत्रकार भेटघाटमा कांग्रेस नेता तथा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिटौलाले यस्तो बताएका हुन् ।

उनले संविधानको मूल एजेन्डाविपरीत काम गर्नेलाई जनताले मत नदिने बताए । ‘जनताको मतले जितेर संसद्मा पुग्ने, र त्यही संसद्लाई भत्काउन खोज्नेलाई जनताले भोट दिन्छ र ?’ उनले प्रश्न गरे ।

यस्तै उनले राजावादी विचार भएका उम्मेदवारलाई जनताले नस्वीकार्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077