Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

डडेल्धुरामा चुनाव प्रचार गर्न रोक लगाइयो, मलाई जोगाइदिनुस् : सागर ढकाल

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई जोगाइदिन जनतासँग गुहार मागेका छन् ।

डडेल्धुरामा प्रचार प्रसार गर्न आफूलाई रोक लगाइएको भन्दै उनले सामाजिक सञ्जालमार्फत गुहार मागेका हुन् । उनले आफूलाई माइकिङमा समेत रोक लगाइएको गुनासो गरे ।

शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मलाई हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न समेत नदिएको उनको भनाई छ ।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् -''मलाई जोगाइदिनुस्-जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।''

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077