Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आयोगलाई बालेनको जवाफ – लौरो अभियानसँग मेरो कुनै सम्बन्ध छैन, कारबाही गर्दा हुन्छ

    आयोगलाई बालेनको जवाफ – लौरो अभियानसँग मेरो कुनै सम्बन्ध छैन, कारबाही गर्दा हुन्छ

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 873
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् ।

    निर्वाचन आयोगले आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचार प्रसारबारे स्पष्ट पार्न भनेको थियो ।



    आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै बालेनेले आफू कुनै दलमा आबद्ध नभएको, निर्वाचित हुँदाको लौरो चुनाव चिन्ह र अहिलेको दलको चुनाव चिन्ह लौरोको बीचमा कुनै प्रकारको सम्बन्ध नरहेको प्रष्ट पारेका हुन् ।



    ‘यही ४ मंसिर २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह प्राप्त गरी चुनावमा सहभागी भैरहेको उक्त दल र उक्त दलका कुनै पनि उम्मेदवारसँग मेरो कुनै सम्बन्ध छैन,’ पत्रमा बालेनले भनेका छन् ।

    उनले उक्त पार्टीमा आफ्नो आबद्धता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुने जवाफ पठाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार