Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुरा प्रशासनले भन्यो - सागर ढकाललाई कुनै पनि अवरोध तथा रोक लगाइएको छैन

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले स्वतन्त्र उम्मेदवार सागर ढकालको निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध नभएको स्पष्ट गरेको छ । ढकालले आफ्नो प्रचारप्रसारमा अवरोध भएको दाबीसहित सामाजिक सञ्जालमार्फत हारगुहार मागेपछि प्रशासनले यस्तो बताएको हो ।

आगामी मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरुको प्रचारप्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आचार संहितामा व्यवस्था भए बमोजिम प्रचारप्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई संचालन गरिने प्रचार प्रसारका कार्यक्रमहरुमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरुको आवश्यक सुरक्षाको प्रत्याभूति समेत गरिने प्रशासकीय अधिकृत हेम प्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि ढकालले सामाजिक सञ्जालमा लेखेका थिए-”मलाई जोगाइदिनुस्(जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077