Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन सय रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

सोमबार ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९४ हजारमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन ९३ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077