Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानविरुद्धकाे फुटबलका राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नरेश थापा नियुक्त

काठमाडौं । पाकिस्तान विरुद्धको मैत्रीपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नरेश थापालाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ।

कात्तिक ३० गते हुने खेलका लागि मंगलबार थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको एन्फाले जनाएको छ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले सहायक प्रशिक्षक भएका थापालाई नियुक्ति पत्र दिएका छन् । नेपालले दशरथ रंगशालामा कात्तिक ३० मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

यसअघि यो मैत्रीपूर्ण खेलका लागि एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकका रूपमा प्रवेश कटुवाललाई नियुक्त गरिसकेको छ ।

विश्व फुटबल महासंघ (फिफा) को निलम्बन फुकुवासँगै पाकिस्तान सिनियर पुरुष टिमले आठ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077