Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेयर बजारमा सामान्य गिरावट, एक अर्ब बढीको कारोबार

काठमाडौं । मंगलबार सामान्य अंकको गिरावटसँगै सेयर कारोबार बन्द भएको छ । आज नेप्से परिसूचक २.५७ अंकले घटेर १९५६ विन्दुमा आइपुगेको हो। यस्तै सेन्सेटिभ पनि १.१२ प्रतिशतले घटेको हो।

आज नेप्से परीसूचकसँगै कारोबार पनि घटेको छ। आजको कारोबार अवधिमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जुन सोमबारको तुलनामा ४९.८७ प्रतिशतले कम हो। सोमबार पछिल्लो २५ कारोबार दिन यताकै सर्वाधिक २ अर्ब १० करोड बढीको सेयर किनबेच भएको थियो।

कारोबारको आधारमा आज शिवम् सिमेन्ट अग्रस्थानमा छ। कम्पनीको ८ करोड बराबरको सेयर किनबेच भएको हो। किनबेचका आधारमा अग्रस्थानमा भएपनि यस कम्पनीको सेयर मूल्य १.७८ प्रतिशतले घटेको छ।

साथै, आज कालिका लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ। मंगलबार चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको लघुवित्तको सेयर मूल्य ५.७७ प्रतिशतले घटेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077