Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : मधेशमाथि पुलिसको १९१ रनको शानदार जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय १ दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार भएको खेलमा पुलिसले मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै विजयी हासिल गरेको हो ।

यसअघि नै सेमिफाइनलमा पुगेका दुई टिमबीच समूहको विजेताका लागि प्रतिस्पर्धा भएको थियो । खेलमा दुवै टोलीले सेमिफाइनल यात्रा तय गरेका छन् ।

पुलिसले दिएको २७४ रनको लक्ष्य पछ्याएको मधेसले २९.२ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

मधेसलाई सस्तैमा समेट्न पुलिसका कुशल भुर्तेलले पाँच विकेट लिए । कुशलले ८.३ ओभरमा दुई मेडन राख्दै २२ रन खर्चिए । करण केसीले तीन र राशिद खानले दुई विकेट लिए ।

मधेसका मोहम्मद आदिल आलमले ४२ रन बनाए । रतन रौनकले ११ र हरिशंकर साहले १० रनबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077