Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डोटीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ पुग्यो [नामावलीसहित]

डोटी । डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ ।

गएराति २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो ।

भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ।

यस्तै सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरार धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । भूकम्पमा परी ५ जना घाइते भएका छन् ।

यस्तै वेपत्ता २ जनाको भने सकुुसल उद्धार गरिएको उनले बताए । पूर्वीचौकी गाउँपालिका ३ अधिकांस घर चर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077