Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाको निर्देशन - भूकम्प पीडितलाई राहत, उद्धार र घाइतेको उपचार गर्नू

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन निर्देशन दिएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत देउवाले गएरातिको भूकम्पबाट पीडितलाई राहत, उद्धार र घाइतेको उपचारको प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

बुधबार बिहान २ः१२ बजे डोटीमा केन्द्र बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धान्जली अर्पण गर्दै पीडितलाई राहत, उद्धार र घाइतेको उपचारको प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको बताएका हुन् ।

'सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु । साथै प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु' प्रधानमन्त्री देउवाले बुधबार बिहान ट्विटरमार्फत लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077