Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारले गत वर्षभन्दा बढाएर तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    सरकारले गत वर्षभन्दा बढाएर तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले धानको मूल्यमा वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको छ ।

    कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. प्रकाश सञ्जेलका अनुसार कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको हो ।



    आर्थिक वर्ष २०७९र०८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा २ सय १५ रुपैयाँ बढी हो ।



    त्यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २ सय २६ रुपैयाँ भन्दा बढी हो ।

    सरकारले गत आर्थिक वर्ष २०७८र७९ को लागि मोटा धानको न्यूनतम समर्थन मूल्य २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो ।

    त्यस्तै, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न ३३ करोड रुपैयाँ बजेट व्यवस्था रहेको प्रवक्ता सञ्जेलले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार