Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सरकारले बढायो रासायनिक मलको मूल्य, युरिया प्रतिकेजी १४ बाट २५ रुपैयाँ पुग्यो

    सरकारले बढायो रासायनिक मलको मूल्य, युरिया प्रतिकेजी १४ बाट २५ रुपैयाँ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 447
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको छ ।

    रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएकोले मलमा दिँदै आएको अनुदान घटाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जनाएको हो ।



    कृषकले ७०.८२ प्रतिशत अनुदान पाउँदै आएकामा अबदेखि ५९.०४ प्रतिशत मात्र अनुदान पाउनेछन् ।



    योसँगै अब युरियाको मूल्य १४ बाट बढाएर २५ रुपैयाँ पुर्याइएको छ । डिएपीको ४३ बाट ५० र पोटास ३१ बाट ४० रुपैयाँ पुर्याइएको छ ।

    देशभर मलको चर्को अभाव भइरहेको बेला सरकारले मूल्य बढाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार