Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने बौधीमाई नगरपालिकालाई आयोगको स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगको निर्देशन अवज्ञा गरेकाले बौधीमाई नगरपालिका रौतहटका नगरप्रमुखलाई निर्देशन र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादवलाई आयोगले स्पष्टीकरण सोधेको छ । नगरले आयोगको निर्देशन अवज्ञा गर्दै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न असमर्थ रहेको पत्राचार गरेको थियो ।

नेपालको संविधान र निर्वाचन आयोग ऐनका विभिन्न प्रावधानहरू उल्लेख गर्दै लेखिएको स्पष्टीकरण पत्रमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा लाग्ने खर्च नगरपालिकाको कोषको कुनैपनि शीर्षकबाट व्यवस्था गरी उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी यो पत्र त्यस नगरपालिकामा प्राप्त भएको ३ (तीन) दिनभित्र आयोगमा उपलब्ध गराउन निर्देशन दिइएको छ ।

उक्त नगरपालिकाले मतदाता शिक्षाका लागि आवश्यक पर्ने बजेट नभएको भन्दै कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको थियो ।

नेपालको संविधानको धारा २४७ मा ‘यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ’ भन्ने व्यवस्था रहेको उल्लेख गर्दै सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ र ८ मा आयोगले निर्वाचनको कामको लागि स्थानीय सरकारको सहयोग लिन सक्ने र सो उपलब्ध गराउनु स्थानीय तहको कर्तव्य हुने भनी उल्लेख भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077