Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विश्व विज्ञान दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

    विश्व विज्ञान दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 702
    SHARES

    काठमाडौं । आज (बिहीबार) विश्वभरि शान्ति र विकासका लागि विज्ञान दिवस मनाँइदैछ । वर्षेनि १० नोभेम्बरमा विश्वभर शान्ति र विकासका लािग विश्व विज्ञान दिवस मनाइने गरिन्छ ।

    विश्व विज्ञान दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।



    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज बिहान मार्च फर साइन्स र्‍याली निकालिएको छ । र्‍यालीपछि आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताएका छन् ।



    त्यस्तै नास्टका पूर्व उपकुलपति प्रा. डा. जीवराज पोखरेलले विज्ञानमा लगानी गरे मात्रै देशले फड्को मार्नसक्ने भन्दै अधिकांश राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा विज्ञानमा लगानी गर्ने प्रतिबद्धता जनाएको बताउए ।

    मार्च फर साइन्स कार्यक्रममा विभिन्न संघ संस्था तथा शिक्षण संस्थाहरुको सहभागिता थियो ।

    हाम्रो समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र पछिल्लो समय निस्किएका विभिन्न वैज्ञानिक मुद्दाहरुको बहसमा व्यापक संलग्नता होस् र हाम्रो जीवनलाई विज्ञानले थप सहज बनाओस् र यसको प्रभावबारे बुझ्न सहज होस् भन्ने हेतुले संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार