Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकपका लागि क्रोएसियाको टिम घोषणा

काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि क्रोएसियाले टोली घोषणा गरेको छ ।

साविक विजेता समेत रहेको क्रोएसियाले मंगलबार भेट्रान खेलाडी लुका मोडरिचलाई समावेश गर्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । मोडरिचले लगातार चौथो पटक विश्वकप खेल्न लागेका हुन् ।

टोलीमा अनुभवी खेलाडीहरु इभान पेरिसिच, डेजान लोभरेन, मार्सेलो ब्रोजोभिक, आन्द्रे क्रमारिक, मारियो पासालिक,माटियो कोभासिच समावेश छन् । २०१८ सालमा रुसमा भएको विश्वकपमा उपविजेता बनेको क्रोउसिया त्यही नतिजा दोहोर्‍याउने लक्ष्यमा छ ।

विश्वकपमा क्रोएसिया समूह ‘ई’ मा छ। यस समूहमा बेल्जियम, क्यानडा र मोरक्को छन् । क्रोएसियाले नोभेम्बर २३ मा मोरक्कोसँग विश्वकपको पहिलो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077