Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : एपिएफ प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे फाइनल प्रवेश गरेको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएकाे हाे ।

१२३ रनकाे लक्ष्य एपिएफले २१.३ओभरमा तीन विकेट गुमाउँदै भेट्टयाे । उसका लागि लाेकेश बमले अविजित रहँदै सर्वाधिक ३५ रनकाे याेगदान दिए । प्रदीप ऐरीले ३३,आरिफ शेखले २५ र सुमित महर्जनले १३ रन जाेडे ।

एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनलकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077