Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • इङ्ल्यान्डलाई भारतले दियो १६९ रनको लक्ष्य

    इङ्ल्यान्डलाई भारतले दियो १६९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 867
    SHARES

    एजेन्सी । भारतले आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डलाई एक सय ६९ रनको लक्ष्य दिएको छ। एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार ग‍र्‍यो।

    भारतका लागि पाँचौं नम्बर क्रिजमा उत्रिएका हार्दिकले ३३ बलमा चार चौका र पाँच छक्कासहित ३३ रनको शानदार इनिङ खेले। त्यसअघि पूर्व कप्तान विराट कोहली ४० बलमा चार चौका र एक छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन फर्केका थिए।



    ओपनर केएल राहुल पाँच तथा कप्तान रोहित शर्मा २७ रन बनाएर आउट भएका थिए। त्यस्तै, सूर्य कुमार यादव १४ र विकेटकिपर ब्याटर ऋषभ पन्त ६ रन बनाएर आउट भए।



    बलिङतर्फ इङ्ल्यान्डका लागि क्रिस जोर्डनले एक रन आउटसहित चार विकेट लिए। त्यसबाहेक आदिल राशिद र क्रिस वोक्सले एक-एक विकेट लिए।

    यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा पुगिसकेको छ। भारत र इङ्ल्यान्ड बीचको विजेताले आइतबार हुने फाइनलमा पाकिस्तानसँग खेल्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार