Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सुनको मूल्य लगातार बढ्दै, शुक्रबार तोलामा १३ सयले वृद्धि

काठमाडौं। सुनको मूल्य उकालो लाग्न थालेको छ। सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा आज सुन ९६ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो ।

केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077