Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितुवाको आक्रमणबाट स्याङ्जामा तीनजना घाइते

स्याङ्जा । चितुवाको आक्रमणबाट स्याङ्जामा तीनजना घाइते भएका छन् । जिल्लाको वालिङ नगरपालिका-१२ का किसान न्यौपाने र - १४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन्।

उनिहरुलाई नगरपालिका-१४ कफ्लेटीमा बिहान करिब ९ बजेतिर चितुवाले आक्रमण गरेको थियो। चितुवालाई घरभित्रै थुनेर राखिएको छ।

कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको थियो।

घरभित्र बसेका तुलसा र लक्ष्मीमाथि चितुवाले आक्रमण गरेको थियो। घाइते भएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ भने न्यौपानेको छाती तथा पाखुरामा चोट लागेको छ ।

घाइते तीनैजनालाई उपचारका लागि गह्रौं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइए प्रहरीले जनाएको छ।

अहिले उक्त ठाउँमा स्थानीयवासी, प्रहरी र इलाका वन कार्यालय वालिङबाट टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077