काठमाडौं । दीपेन्द्रसिंह ऐरीको शानदार शतकीय पालीमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३ सय ५ रनको लक्ष्य दिएको छ ।
टस हारेपछि ब्याटिङको जिम्मा पाएको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन जोड्यो ।
आर्मीका लागि कप्तान ऐरीले एक सय २५ बलमा ५ छक्का र ११ चौका प्रहार गरे। आरिफ शेख ९१ रनमा अविजित रहे । उनले एक सय ९ बलमा एक छक्का र ८ चौका प्रहार गरेका थिए ।
दिपेन्द्र र आरिफले चौथो विकेटका लागि २ सय ४ रनको साझेदारी गरे ।
आर्मीका लागि विक्रम सोबले सर्वाधिक ३ विकेट लिए । सुशान भारीले एक विकेट लिए ।