Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजीव गान्धी हत्या प्रकरणका सबै दोषीलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

    राजीव गान्धी हत्या प्रकरणका सबै दोषीलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । राजिव गान्धी हत्या प्रकरणमा भारतीय सर्वोच्च अदालतले शुक्रबार ठूलो फैसला सुनाएको छ । अदालतले ६ जना दोषीलाई रिहा गर्न आदेश दिएको छ ।

    यसअघि अदालतले गत मेमा जेलमा रहेका दोषी पेरारिवललाई थुनामुक्त गर्न आदेश दिएको थियो ।



    पछिल्लोपटक अदालतले पेरारिवललाई मुक्त गर्न दिइएको आदेश अन्य दोषीमाथि पनि लागू हुने भन्दै अन्य आरोप नभए उनीहरूलाई थुनामुक्त गर्न आदेश दिएको हो ।



    अदालतले हत्या प्रकरणका दोषी नलिनी, रविचन्द्रन, मुरुगन, सन्थन, जयकुमार र रोर्बट पोयसलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

    ३१ वर्ष अगाडि तत्कालीन प्रधानमन्त्री गान्धीको हत्या भएको थियो । २१ मे १९९१ मा तामिलनाडुको एक चुनावीसभामा बम विस्फोट गराएर गान्धीको हत्या गरिएको थियो । यो प्रकरणमा ७ जना दोषी ठहर भएका थिए ।

    त्यतिबेला पेरारिवललाई अदालतले मृत्युदण्डको सजाय दिएको थियो । तर पछि अदालतले मृत्युदण्डको सजायलाई जन्मकैदमा परिवर्तन गरेको थियो । अब उनीहरू सबै जेलमुक्त हुने भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार