काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस नेता गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दावी गरेका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उपाध्यक्ष मिश्रले चुनावी सभालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
मिश्रले भने, ‘गणेशमान सिंहको सुपुत्र प्रकाशमानजी आज मेरो निर्वाचन क्षेत्रमा १५ वर्ष सांसद भएपछि प्रतिस्पर्धी बन्नुभएको छ । मलाई यहाँ उभिएर यो दावी गर्न अप्ठेरो छैन,
गणेशमान सिंहका सुपुत्र प्रकाशमानजी रगतले उहाँको उत्तराधिकारी हुनुहुन्छ, तर राजनीतिक रुपमा यो देशको लागि यो देशलाई
शिरमा राखेर राजनीति गर्ने गणेशमानको दृढता, प्रतिवद्धता र त्यागका साथै देश अघि बढाउने परिकल्पना गर्नुभयो गणेशमानजीको हिसाबले राजनीतिको उत्तराधिकारीचाँही म हुँ।’
उनले कांग्रेस एमाले, माओवादीभित्रको राजनीति विकृत भएको बताए । उनले एकपटक मन बदलेर देशको राजनीति सुधार्न र देश बदल्न आफ्नै नेतृत्वलाई एक चड्कन हान्न राप्रपालाई भोट हाल्न आग्रह गरे ।