Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसीको कप्तानीमा विश्वकपका लागि अर्जेन्टिनाको टोली घोषणा

काठमाडौं । कतारमा हुन लागेको फिफा विश्वकप २०२२ का लागि अर्जेन्टिनाले अन्तिम टोली घोषणा गरेको छ ।

लिओनेल मेसीको कप्तानीमा घोषित टोलीमा एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएको छ । चोट बोकेका दुबै फिट हुनका लागि संघर्षरत छन्।

विश्वकपको समूह सी मा रहेको अर्जेन्टिनाले साउदी अरब, मेक्सिको र पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले पहिलो खेल मंसिर ६ गते साउदी अरबसँग खेल्नेछ। यसअघि अर्जेन्टिनाले दुई पटक उपाधि जितेको थियो ।

यस्तो छ अर्जेन्टिनाको टोली

गोलरक्षक : एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी

डिफेन्डर : नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको, जान फोयथ

मिडफिल्डर : रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस

फरवार्ड : लिओनेल मेसी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया, पाउलो डिबाला

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077