Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी सैनिक फर्किएपछि खेअर्सनमा युक्रेनी झन्डा फहराइयो

एजेन्सी । रुसी सैनिकहरू फिर्ता भएपछि लामो समय रुसको कब्जामा रहेको खेअर्सन सहरमा पुनः युक्रेनी झण्डा फहराइएको छ ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा युरोपेली सङ्घको झन्डा पनि देखिएको हो ।

युक्रेनको रक्षा मन्त्रालयले आफ्नो फौज त्यहाँ जाँदै गरेको र खेअर्सन सहर आफ्नो पकडमा आइसकेको जनाएको छ ।

युक्रेनीहरु आफ्नो झण्डासहित सडकमा सहज तरिकाले आएका छन् । जनजीवन सामान्य बन्दै गएको छ ।

यसअघि रुसले खेअर्सनबाट आफ्ना सैनिकहरू फिर्ता हुने क्रम सकिएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077