Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खेहर्सनबाट रुसी सेना फिर्ता भएसँगै डेपुटी गभर्नरको मृत्यु

एजेन्सी । युक्रेनको खेहर्सन सहरमा रुसले कब्जा गरेपछि नियुक्त गरिएका डेपुटी गभर्नर किरिल स्ट्रेमोसोभको मृत्यु भएको छ ।

खेहर्सनबाट रुसी सेना फिर्ता भएसँगै गभर्नरको मृत्यु भएको खबर आएको हो । रसियाली सरकारी सञ्चारमाध्यमका अनुसार उनको कार दुर्घटनामा मृत्यु भएको हो ।

रूसी कब्जाको सबैभन्दा प्रमुख समर्थकहरूमध्ये एक ४५ वर्षका स्ट्रेमोसोभलाई युक्रेनी प्रहरीले देशद्रोहको अभियोगमा खोजीको सूचीमा राखेको थियो ।

रुसले कब्जा गरिएको युक्रेनी क्षेत्रमा रुसद्वारा नियुक्त धेरै अधिकारीहरूलाई युक्रेनले आक्रमणको निशाना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077