Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाविरुद्ध उम्मेदवारी दिएका ढकाललाई लौरो अभियानले गर्‍यो प्रधानमन्त्रीमा प्रस्ताव

काठमाडौं । हाम्रो नेपाली पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ ।

शनिबार एक विज्ञप्ति जारी गरी लौरो अभियानले ४ मंसिरको चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो ।

अध्यक्ष अनन्तराज घिमिरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी ४ मंसिरपछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा ई सागर ढकाललाई प्रस्ताव गर्ने हाम्रो नेपाली पार्टी (लौरो अभियान) को निर्णय भएको व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराउँदछौं ।’

साथै ढकाललाई विजयी गराउन पनि डडेल्धुराका मतदातालाई हाम्रो नेपाली पार्टीले आग्रह गरेको छ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ढकाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077