Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने पुकार बमलाई पाँच हजार जरिवाना

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई ५ हजार जरिवाना गराएको छ ।

निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बमलाई कारबाहीस्वरुप ५ हजार जरिवाना गराएको हो ।

उनले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको पाइएको आयोगले जनाएको छ । उनलाई आयोगले यसअघि स्पष्टीकरण सोधेकामा चित्तबुझ्दो जवाफ नभएपछि कारबाही गरेको जनाइएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी रहेको आयोगको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077