Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निर्वाचनको मुखमा बढ्यो चोरी-तस्करी

    निर्वाचनको मुखमा बढ्यो चोरी-तस्करी

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 633
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सरकार केन्द्रिय भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरूबाट चोरी-तस्करी बढेको छ ।

    भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांश छोटी भन्सार नाकाहरू र अन्य खुला क्षेत्रबाट चोरी- तस्करी बढेको हो ।



    कारोबारका स्थानीय संवाददाताहरूका अनुसार आम निर्वाचनको तरल राजनीतिक अवस्थालाई दुरुपयोग गर्दै चोरी-तस्करी संलग्न विभिन्न गिरोह अहिले बढी सक्रिय बनेको देखिएको छ । राजनीतिक सरगर्मीसँगै सुरक्षा निकायको ध्यान पनि अहिले निर्वाचनमा बढी केन्द्रित हुँदा चोरी-तस्करी गर्नेहरूलाई सजिलो बनेको छ ।



    नेपाल राष्ट्र बैंकले केही समयअघि लागू गरेको मार्जिनसम्बन्धी नयाँ व्यवस्थाले भारतबाट उधारोमा सामान ल्याउने व्यवसायीहरू समस्यामा परेका थिए । यहि कारण वैध आयातको ठाउँ क्रमशस् अवैध आयातले लिन सुरु गरेको थियो । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार