Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • चीनतर्फका नाका नखुल्दा खाद्य संकट

    चीनतर्फका नाका नखुल्दा खाद्य संकट

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 369
    SHARES

    सङ्खुवासभा । नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ ।

    सङ्खुवासभाको किमाथाङ्का र दोलखाको लप्ची गाउँका बासिन्दा चरम खाद्य संकटमा परेका छन् । दुवै नाका कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले चार वर्षदेखि बन्द गरेको हो ।



    सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ को किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर गाउँमा खाद्यान्न संकट भएपछि गाउँपालिकाको मागबमोजिम कोशी प्रदेश सरकारले ९० क्विन्टल चामल पठाएको छ ।



    उक्त चामल संकट क्षेत्रका नागरिकलाई वितरण गरिसकिएको र त्यसले दुई महिना मात्र धान्ने भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार