Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मनाङका उम्मेदवार गुरुङलाई स्पष्टीकरण, सीडीओलाई प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट मनाङका प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । उनले प्रचारप्रसारका क्रममा हेलिकोप्टरको प्रयोग गरेरनगरेबारे स्पष्टीकरण सोधिएको हो ।

२४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय मनाङमा स्वयं उपस्थित भई सत्यतथ्य व्यहोरा खुलाई लिखित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।

“...तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को उपदफा (१) को खण्ड (छ) को प्रतिकूल हुने गरी हेलिकोप्टर प्रयोग गर्ने कार्य गरेको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र उपदफा (४) बमोजिम उमेदवारी रद्दको काबवाही हुन सक्ने भएकोले उक्त कारबाही किन गर्नु नपर्ने हो ?,” स्पष्टीकरणपत्रमा उल्लेख छ ।

यस्तै, सो विषयका बारेमा प्रतिवेदन पेस गर्न मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई १२ घण्टे निर्देशन दिइएको आयोगले जनाएको छ ।

आचार्यलाई “हेलिकोप्टरमा दलबल सहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार” भन्ने समाचार प्रकाशन भएको विषयमा के कसो भएको हो ? पत्र प्राप्त भएको १२ घण्टाभित्र यथार्थ व्यहोरा खुलाई निर्वाचन आयोगमा प्राप्त हुने गरी प्रतिवेदन पेस गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077