Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सनको कप्तानीमा दक्षिण कोरियाको विश्वकप टोली घोषणा

काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण कोरियाले शनिबार टोली घोषणा गरेको छ ।

पोर्चुगिज प्रशिक्षक पाउलो बेन्टोले हेउङ मिन सनलाई समावेश गर्दै २६ सदस्यीय टोली घोषणा गरेको हो । च्याम्पियन्स लिगअन्तर्गत मार्सेविरुद्धको खेलमा अनुहारमा चोट लागेका सनले नोभेम्बर २ यता खेलेका छैनन्।

टोलीमा इटालियन क्लब नेपोलीका डिफेन्डर किम मिन जाई र रियल मायोर्काका मिडफिल्डर लि काङले स्थान बनाएका छन्।

समूह एचमा रहेको लक्षिण कोरियाले पहिलो खेल मंसिर ८ गते उरूग्वेविरूद्ध खेल्नेछ ।

यस्तो छ दक्षिण कोरियाको टोली

गोलकिपर – किम सेउङ–ग्यु, जो ह्योन वु र सङ बम किन

डिफेन्डर – किम मिन जाई, किम जिन सु, होङ चुल, किम मुन ह्वान, यून जोङ ग्यु, किम योङ ग्वन, किम ताए ह्वान, क्वोन क्युङ वोन र चो यो मिन

मिडफिल्डर – जङ वू–योङ, ना साङ हो, पाईक सेउङ हो, सन जुन हो, सोङ मिन–क्यु, क्वोन चाङ हुन, ली जे सुङ, ह्वाङ हे चान, ह्वाङ इन बियोम, जेअङ वु यङ र ली काङ इन

फरवार्ड – ह्युङ मिन सन, ह्वाङ उइ जो र चो गुए सुङ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077