Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड

कैलाली । कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारले घरदैलो कार्यक्रममा प्रयोग गरेको गाडी अज्ञात समूहले तोडफोड गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ का उम्मेदवार अमर बहादुर साउँदले प्रयोग गरेको से १ च १५९० नम्बरको गाडी अज्ञात समूहले आइतबार राति तोडफोड गरेको हो ।

आइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको बताइएको छ । गाडीको पछाडिको भागको सिसा फुटेको छ ।

गाडीमा कसले तोडफोड गरेको हो भन्ने पहिचान भएको छैन् । इलाका प्रहरी कार्यालय सुखडका अनुसार गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077