Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, दुई खेलाडीको डेब्यू

    यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, दुई खेलाडीको डेब्यू

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 738
    SHARES

    काठमाडौं । नेपाल र यूएईबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ ।

    त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा दुई खेलाडीले डेब्यू गरेका छन् । नेपालका लागि अर्जुन साउद र हरिशंकर शाहाले डेब्यू गरेका हुन् ।



    नेपाल र यूएईबीचको तीन खेलको एकदिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ ।



    यूएईसँगको खेलमा रोहित पौडेलले कप्तानको रुपमा डेब्यु गर्नेछन् । नेपालको कीतानी रोहितले गर्दा यूएईको कमानी भने सिपी रिजवानले गर्नेछन्।

    आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेका दुवै टोलीले सिरिज खेल्न लागेका हुन् ।

    दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल मात्रै दुई पटक र यूएई चार पटक विजयी भएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार