Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • यूएईको बाढीमा एक नेपालीको मृत्यु

    यूएईको बाढीमा एक नेपालीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 654
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यूएईमा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

    आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।



    यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ ।



    उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ ।

    यूएईमा दुई दिनदेखी परेको वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।

    सरकारी कार्यलय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले जनाएको छ । पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार