Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसका नेता निधिले भने - नागरिकतासम्बन्धी कानुन नबन्दा ७ लाख नेपाली नागरिकता विहीन भए

सप्तरी । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नयाँ सरकार बनेपछि पहिलो काम नागरिकतासम्बन्धी कानुन बनाउने भएको बताएका छन्।

सप्तरीमा आज आयोजित कार्यक्रममा बोल्दै नेता निधिले यस्तो बताएका हुन् । उनले मंसिर ४ पछि बन्ने सरकारको पहिलो काम नागरिकतासम्बन्धी कानुन बनाउनु रहेको बताए।

अहिलेको सरकारले नागरिकतासम्बन्धी विधेयक दुई पटकसम्म संसदबाट पास गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएको थिएन।

उनले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन पनि आग्रह गरेका थिए।

निधिले भने, ‘नागरिकतासम्बन्धी कानुन नबन्दा ७ लाख नेपालीले नागरिकता पाएका छैनन्। उनीहरू समस्यामा छन्।’ अब नयाँ सरकार र नयाँ राष्ट्रपति बन्ने पनि निधिले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077