Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

देउवासँग सागर ढकाल भाइको कुनै प्रतिस्पर्धा हुँदैन् : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाको स्वतन्त्र उम्मेदवार सागर ढकालसँग कुनै प्रतिस्पर्धा नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महतले यस्तो बताएका हुन् । लोकतन्त्रमा जो पनि उम्मेदवार बन्न सक्ने भएपनि देउवासँग उम्मेदवार बनेका ढकालको कुनै प्रतिस्पर्धा नहुने उनले बताए ।

देउवाका प्रतिस्पर्धी कुनै उम्मेदवार नै नभएको भन्दै देउवा भारी मतले स्वतः जित्ने उनको भनाई छ ।

‘सागर भाई सभापति देउवासँग प्रतिस्पर्धामा छन्,उम्मेदवार बन्न पाइन्छ तर सभापति देउवासँग सागरको कुनै प्रतिस्पर्धा हुँदैन,’ पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077