Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चाइना लैजान लागिएको ५ हजार केजी रुद्राक्ष राजस्वको कब्जामा, चलखेल हुनसक्ने आशंका

    चाइना लैजान लागिएको ५ हजार केजी रुद्राक्ष राजस्वको कब्जामा, चलखेल हुनसक्ने आशंका

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 636
    SHARES

    फाइल फोटो

    इटहरी । शंकास्पद रूपमा नेपालबाट चाइनातर्फ लैजाँदै गरेको ५ हजार केजी रुद्राक्ष राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केन्द्रीय कार्यालय काठमाडौं पठाएको छ ।

    बिहीबार आन्तरिक राजस्व कार्यालय धरानले क्रेता र बिक्रेता स्पष्ट नभएको र शंकास्पद रूपमा ढुवानी गरिएको पाइएपछि धरानबाट दुईवटा पिकअपलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थियो । तर, आइतबार राजस्व अनुसन्धान कार्यालयले इटहरीमा अनुसन्धान नै नगरी उक्त सामानसहित राजस्व अनुसन्धान विभाग केन्द्रीय कार्यालय काठमाडौंमा पठाएको छ ।



    बाग्मती प्रदेश ०१–०२६ च ५६०२ र प्रदेश १–०२–००२ च ४४३९ नम्बरको पिकअप गाडी आन्तरिक राजस्व कार्यालय धरानले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इटहरीमा बुझाएको थियो । उक्त पिकअपमा एउटामा २ हजार ५ सय केजीका दरले ५ हजार केजी रहेको बताइएको छ ।



    क्रेता र बिक्रेता स्पष्ट नभएको र मोक्ष रुद्राक्ष भण्डारले आफ्नै नाममा बिल काटेको भन्दै राजस्व कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । संखुवासभाबाट आएको उक्त पिकअपमा रुद्राक्षका क्रेता र बिक्रेता तत्काल नछुट्टिएको र ‘क्लियरिङ’मार्फत कार्यालयले नियन्त्रणमा लिएको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार