Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चालु खर्च धान्न पनि ३१ अर्ब पुगेन

    चालु खर्च धान्न पनि ३१ अर्ब पुगेन

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 402
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको फागुनसम्ममा गत वर्षभन्दा एक खर्ब ५ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ ।

    सरकारले गत वर्षभन्दा यो वर्ष २ खर्ब ८३ अर्ब रुपैयाँ बढी राजस्व उठाउने लक्ष्य राखेकोमा असुली उल्टै कम हुँदै आएको छ ।



    महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुनसम्ममा ५ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व असुली भएको छ । यो लक्ष्यको ४०-९८ प्रतिशत हो । चालु आवमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो ।



    अर्कोतिर फागुनसम्मको चालू खर्च पनि राजस्व असुलीले धान्न सकेको छैन । फागुनसम्ममा सरकारको चालू खर्च ६ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।

    जबकी यही अवधिमा राजस्व असुली ५ खर्ब ७५ अर्ब रुपैयाँ मात्र छ । यो तथ्यांक हेर्दा सरकारलाई अहिलेसम्म चालु खर्च धान्न पनि ३१ अर्ब रुपैयाँ नपुगेको देखिन्छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार