Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मंसिर १५ गतेभित्र काठमाडौंमा मेलम्चीको पानी

    मंसिर १५ गतेभित्र काठमाडौंमा मेलम्चीको पानी

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ।

    मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीले आयोजनाको हेडवर्क्स क्षेत्रमा थुपारेको गेग्रान सोमबार हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले सुरुआत गरेको छ ।



    वर्षा सुरु हुनुअघि गत जेठ दोस्रो सातादेखि नै आयोजनाको हेडवर्क्स क्षेत्रमा रहेको संरचना र सुरुङ जोगाउन आयोजनाले मेलम्चीको सुरुङमा पानी पथान्तरण कार्य रोकेको थियो।



    मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्चीको सुरुङको मुख्य पोर्टल क्षेत्रमा कुनै पनि प्राविधिक समस्या नदेखिएको खण्डमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा मङ्सिर १५ गतेभित्रै ल्याउने बताए ।

    ‘अहिले हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान८ देखि १० दिनभित्रै सफा गर्छौँ । आवश्यक अन्य काम सकेर मङ्सिर १५ गतेभित्रै मेलम्चीको पानी सुरुङमा खसाल्ने कार्यतालिका तय गरेका छौँ,’ उनले भने । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार