Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रविन्द्र मिश्र भन्छन्– कांग्रेसले बीपीको आदर्श बिर्संदा देश असन्तुलित बन्यो

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका रविन्द्र मिश्रले सत्तारुढ दल नेपाली कांग्रेसले बीपी कोइरालाका आदर्श बिर्सिएपछि समाज असन्तुलित भएको बताएका छन्।

मंगलबार बबरमहलमा आयोजित घरदैलो कार्यक्रमपछिको कोणसभालाई सम्बोधन गर्दै मिश्रले यस्तो बताएका हुन्।

मिश्रले भने, ‘बीपी कोइरालाले बोकेको आदर्श यो देशको लागि सबैभन्दा उपयुक्त हो, नेपाली कांग्रेसले बीपीको आदर्श बिर्संदा यो देश, समाज असन्तुलित भएको छ। यो देशलाई दीर्घकालमा घात हुने काम भएको छ।’

मिश्रले एकपटक बीपीलाई सम्झनपर्ने अवस्था आएको बताएका छन् ।

मिश्रको घरदैलोमा भोट माग्नका लागि बलिउड नायिक मनीषा कोइराला पनि पुगेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077