Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने

काठमाडौं । मतदान गर्न मतदान केन्द्र जाँदा मोबाइल तथा प्रज्वलनशील पदार्थ लैजान नपाइने भएको छ ।

मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर, एसिड, हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू लैजान नपाइने निर्वाचन आयोगले जनाएको छ ।

‘सलाई, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश बिन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिइने छ,’ आयोगको निर्णयमा भनिएको छ ।

क्यामेरा वा मोबाइल आफ्नो स्थानमा साथमा लगेर मत संकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल जफत गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077