Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पर्शुराम नगरपालिकाका मेयर भरतलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले डडेल्धुराको पर्शुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीलाई आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत आफू निकट दल र उम्मेदवारलाई मत मागेको विषयमा स्पष्टीकरण सोधेको छ ।

डडेल्धुरा जिल्ला पर्शुराम नगरपालिका अन्तरगत विभिन्न वडामा आफू निकट पार्टीका उम्मेदवारको लागि मत मागेको र कार्यक्रममा सहभागी भएको देखिने सामग्रीहरु संलग्न गरी आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण पत्रमा पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको हुँदा तपाईं पर्शुराम नगरपालिकाको प्रमुखले उक्त नगरपालिकाभित्र कुनै पनि दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने देखिन्छ। उल्लेखित सन्दर्भमा तपाईं निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी कुनै दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको हो, होइन ?

तपाईंले आफू पर्शुराम नगरपालिकाको कार्यपालिकाको सदस्य रहँदा रहँदै पर्शुराम नगरपालिकाभित्र दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिबाना गर्नु नपर्ने हो ? स्पष्टीकरण पत्र भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077