Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमाले उपमहासचिव गुरुङ भन्छन्- विकासका लागि स्थिर सरकार आवश्यक छ

लमजुङ । नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमालेको स्थिर सरकार आवश्यक रहेको बताएका छन् ।

बुधबार सुन्दरबजार नगरपालिका-८ बलिथुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेलाई बहुमतका साथ विजयी बनाए स्थिर सरकार हुने र मुलुकको विकास हुने बताए ।

आफू मुख्यमन्त्री हुँदा थालनी गरेका र सम्पन्न हुन बाँकी विकासका काम पूरा गर्दै जिल्लामा विकासको लहर ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे।

“विगतमा पनि जिल्लाको विकासमा लागेका थियौँ, अब पनि लाग्नेछौँ यो हाम्रो प्रतिबद्धता भयो”, उनले भने ।”

लमजुङको विकास हेर्न र अनुभूति गर्न चाहने हो भने एमालेका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077