Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • राजेश हमाललाई १ लाख रुपैयाँसहित ‘महानायक सम्मान’ प्रदान गरिने

    राजेश हमाललाई १ लाख रुपैयाँसहित ‘महानायक सम्मान’ प्रदान गरिने

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । महानायक राजेश हमाललाई नगद १ लाख राशिसहित ‘महानायक सम्मान’ गरिने भएको छ । चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा महानायक हमाललाई सम्मान प्रदान गर्न लागिएको हो ।

    एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणमा हमाललाई एक लाख रुपैयाँसहित उक्त सम्मान दिन लागिएको हो।



    भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका–४ को सहकार्यमा प्रियसी म्युजिक प्रालिले आयोजना गरिरहेको यो अवार्डअन्तर्गत यस वर्ष हमाललाई ‘महानायक’को सम्मान दिन लागिएको हो।

    यो सम्मान माघको पहिलो हप्ता प्रदान गरिने आयोजकले जनाएको छ। नेपाली फिल्म उद्योगमा लामो समयदेखि ‘महानायक’ को भन्ने विषयमा विवाद जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार