Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनासँग यूएई ५–० गोलले पराजित

एजेन्सी । फिफा विश्व कप अघि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा घरेलु टोली यूएई ५–० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरे ।

जुलियन अल्भारेज, लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एकरएक गोल गरे । कतार विश्व कप आउँदो आइतवारदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077