Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निर्वाचन आयोगले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ। आयोगले आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि आयोगले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने भएकोले आयोगले उक्त समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो ।

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब आज राति १२ बजेसम्म मात्र बाँकी रहेको हो ।

आज राति १२ बजेदेखि स्थिर समय सुरु हुँदैछ । यस समयमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन। यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077