Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल कमर्स क्याम्पसका प्रमुख सिलवाललाई सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाल कमर्स क्याम्पस मिनभवनका क्याम्पस प्रमुख ध्रुवप्रसाद सिलवाललाई  स्पष्टीकरण सोधेको छ।

नेकपा एमालेको तर्फबाट काठमाडौं जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलको प्रचारप्रसारमा सहभागी भएको श्रव्यदृश्य सामग्री समेत संलग्न गरी उजुरी परेको सन्दर्भमा बुधबार क्याम्पस प्रमुख सिलवाललाई स्पष्टीकरण सोधेको हो।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा

उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ र ऐ. दफाको खण्ड (ज) मा ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा

उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने’ व्यवस्था छ ।

कुनै माध्यमबाट यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको देखिने सामग्री आयोगमा पेश भएको छ । तपाईंले उक्त कार्य गरेको होईन भन्ने आधार प्रमाण के छ ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077