Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्लाहीबाट २१० किलो गाँजा बरामद

सर्लाही । सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका– ११ गमरियास्थित मलंगवा नवलपुर सडक खण्डबाट गाँजा बरामद गरेको हो ।

सुराकको आधारमा सशस्त्रको बिओपी मलंगवाले प्रदेश ३–०१–००६ ख १७०४ नम्बरको ट्रकमा मिनरल वाटरको कार्टुनले छोपेर राखेको १४ पोका गाँजा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गाँजा र ट्रक आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077