Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जबर्जस्ती बस्ती खाली गर्न खोजेको भन्दै सुकुम्बासी आन्दोलित

काठमाडौं । बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गर्न भन्दै बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सूचना जारी गरेपछि प्रदर्शन भएको छ।

उठिबास लगाउन लागेको भन्दै सुकुम्बासी बस्तीका मानिसहरूले आन्दोलन गरेका हुन्। १० दिनभित्र बस्ती हटाउन भन्दै समितिले सूचना जारी गरेको थियो।

उनीहरू बिहीबार दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भेला भएका थिए। त्यहाँबाट उनीहरू बानेश्वरतर्फ लागेका हुन्। नागरिक समाजले पनि उक्त आन्दोलनलाई समर्थन गरेको छ।

प्रदर्शनमा ‘मानव अधिकार सुनिश्चित गर’‚ ‘मानवबिनाको विकास दिगो विकास हुन्न’‚ ‘गरिब मार्न पाइँदैन’ लगायत नारा लगाइएको थियो ।

शहरी विकास मन्त्रालय मातहत रहेको उक्त समितिले गत शुक्रबार वाग्मती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077