Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एन्फाद्वारा विश्वकप टिकट विजेताको घोषणा

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले कतार विश्वकप फुटबलको भाग्यशाली टिकट विजेता घोषणा गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार आयोजना भएको एक कार्यक्रममा गोला प्रथाद्वारा विजेता छनोट गरिएको हो।

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलका लागि ६ हजार ९७३ दर्शक उपस्थित थिए ।

टिकट नम्बर ११२०० ले विश्वकपको ४८औँ खेलको टिकट जितेका हुन्। ब्राजिल र क्यामेरुनबीचको सो खेल डिसेम्बर ३ मा हुँदैछ ।

बुधबार भएको नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा साधारण प्याराफिटको टिकट काट्ने दर्शकहरूमध्ये एकलाई टिकट दिने एन्फाले घोषणा गरेको थियो।

एन्फा प्रवक्ता सुरेश साहले विश्वकपका लागि उक्त दर्शकले एन्फाबाट टिकट मात्र पाउने र विश्वकपका लागि बाँकी खर्च आफैंले गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077